अन्तिममा सम्हालिन नसक्दा आर्सनल लेस्टरसँग पराजित

NEWS

लन्डन : प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीसित हार व्यहोरेको छ । अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनल १–० गोल अन्तरले पराजित भएको हो । दुबै टिमले खेलको अन्तिम १० मिनेटसम्म कुनै पनि गोल गर्न सकेका थिएन् । तर

खेलको ८०औँ मिनेटमा लेस्टरका लागि मार्क नभएका जेमी भार्डीले हेडमार्फत् जाली चुमाए । यही गोल खेलको निर्णायक बन्यो । त्यसपछि दुबै टिमले गोल गर्न सकेनन् । लेस्टरले यस सिजनको ६ खेल खेलिसक्दा ४ मा जित र र २ मा हार व्यहोरेको छ । त्यस्तै आर्सनले समान खेल खेलिसक्दा ३ मा जित र समान ३ खेलमा हार व्यहोरेको छ । आजको खेल ब्रिफटोन र वेस्ट ब्रमबीच हुनेछ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चेन्नेई सुपर किङ्स विजयी भएको छ। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नेईले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो। बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष चेन्नेईले १८ ओभर चार बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोर २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

चेन्नईको जितमा रुतुराज गायकवाडले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। अम्बाती रायडु ३९, फाप डु प्लेसिसले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी १९ रनमा समेटिए। बैंगलोरका क्रिस मोरिस र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

बैंगलोरका कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले। एबी डी भिलियर्स ३९, देबदूत पडीक्कलले २२ रन जोड्दा आरोन फिन्चले १५ रन मात्र बनाए। चेन्नईका साम करणले ३ विकेट लिए भने दिपक चाहरले तथा मिचेल स्टानरले १/१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *